अर्थ / बाणिज्य

विशालबजारको सेयर कारोबार खुल्यो

इकागज |
बैशाख ८, २०७८ बुधबार १५:४६ बजे

काठमाडौं : विशाल बजारको झन्डै तीन महिनासम्म रोकिएको सेयर कारोबार खुलेको छ । पाँच आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरण नबुझाएको भन्दै नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले दोस्रो बजारमा कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो ।

गत माघ १२ मा नेप्सेले तीन दिनभित्र सम्पूर्ण वित्तीय विवरण पेस गर्न निर्देशन दिएको थियो । तर कम्पनीले निर्धारित समयमा विवरण बुझाएन । नेप्सेले माघ १९ मा विशालबजारको सेयर कारोबार नै रोक्का राख्यो ।

नेप्सेले आर्थिक वर्ष २०७३/७४ यताको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण मागेको थियो । विशाल बजारले सबै वर्षको वित्तीय विवरण र आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्मको वित्तीय विवरण बुझाएपछि कारोबार फुकुवा राखेको नेप्सेले जानकारी दिएको छ ।

विशालबजार कम्पनीले साधारणसभा बैठक डाक्ने प्रतिबद्धता जनाएको नेप्सेले जानकारी दिएको छ ।



Author

थप समाचार
x