अर्थ / बाणिज्य

एक हप्तामा थपियो २१ अर्ब निक्षेप, घट्यो कर्जा लगानी र सीडी रेसियो

इकागज |
कात्तिक २१, २०७९ सोमबार १७:५५ बजे

फाइल तस्वीर

काठमाडौंँ - पछिल्लो साता वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । एक सातामै वाणिज्य बैंकहरुमा २१ अर्ब ४५ करोड रूपैयाँ निक्षेप थप भएको नेपाल बैंकर्स संघले जानकारी दिएको हो।

दोश्रो साता ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप तेश्रो साता बढेर ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । जुन कार्त्तिको पहिलो सातामा भने ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो ।


असोजको अन्तिम सातामा बैंकहरुले ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

समीक्षा अवधिमा निक्षेप बढेपनि कर्जा लगानी भने घटेको छ । दोश्रो साता ४२ खर्ब २५ अर्ब रूपैयाँ कर्जा लगानी गरेका बैंकहरुले तेस्रो सातामा ४२ खर्ब २४ अर्ब रूपैयाँमा सीमित भएका छन् । जुन पहिलो साता भने ४२ खर्ब २५ अर्ब रूपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घटेर ८७.२१ प्रतिशतमा सीमित भएको छ । अघिल्लो साता उक्त रेसियो ८७.५८ प्रतिशतमा थियो ।


Author

थप समाचार
x