राष्ट्रिय कर दिवस
कर सप्ताह सुरु, ७ गते करदातालाई सम्मान गरिने
फाइल तस्वीर
काठमाडौँ- नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन १ मंसिर, २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गतेलाई नेपाल सरकारको निर्णय अनुसार २०७९ सालदेखि प्रत्येक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आइएको छ। यस वर्ष स्वैच्छिक सहभागिता सहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार मूल नाराको साथ राष्ट्रिय कर दिवस, २०७९ मनाइएको छ।
कर शिक्षाको माध्यमबाट स्वैच्छिक कर सहभागितामा जोड दिइ कराधार फराकिलो बनाउँदै जाने ध्येयका साथ सरोकारवालाहरुसँग सामूहिक रुपमा तथा संस्थागत सहकार्यमा अन्तरसम्बाद, छलफल गरी व्यापक प्रचार प्रसार र कर सचेतता बढाउन यही मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम तथा क्रियाकलाप सहित विभाग र मातहतका सम्पूर्ण कार्यालयहरूबाट कर सप्ताह मनाइने आन्तरिक राजस्व विभागले जनाएको छ।
राष्ट्रिय कर दिवस तथा कर सप्ताहको यस अवसरमा करदातालाई केन्द्रविन्दुमा राखी करदाताहरुको अधिकतम सहभागिता सहित निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको सहयोग तथा सहकार्यमा रचनात्मक कार्यक्रमहरु सञ्चालन हुने र यी कार्यक्रमहरुबाट आम नागरिकमा कर सम्बन्धी जागरण आउने, करको दायरा थप विस्तार हुने तथा गुणस्तरिय सेवाप्रवाह भइ स्वैच्छिक कर सहभागिता अभिबृद्धि हुने भएकोले दिवसको विशेष महत्व रहेको छ।
मिति |
कार्यक्रम |
कार्यक्रमहरू |
२०७९ मंसिर १ गते |
उद्घाटन |
कर दिवसको औपचारिक उदघाटन र शुभकामना आदान प्रदान गर्ने, राष्ट्रिय कर दिवसको नारा उल्लेख गरी तुल व्यानरको माध्यमवाट कर दिवसको प्रचार प्रसार गर्ने । |
२०७९ मंसिर १ गतेदेखि ६ गतेसम्म |
|
निजी क्षेत्रका संघ, संगठन तथा सरोकारवालाहरुसँग समन्वय गरी आवश्यकताका आधारमा निर्वाचान आचारसंहिता भित्र रहेर अन्तरक्रिया, परिसंवाद, कर शिक्षा लगायतका कार्यक्रमहरु संचालन र प्रचारप्रसार गर्ने । |
२०७९ मंसिर ७ गते |
समापन |
राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन समारोह आयोजना गरी करदाता सम्मान र कर्मचारी पुरस्कृत गर्ने लगायतका कार्यक्रम गर्ने । |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया