कतार कार्बन उत्सर्जन शून्य गर्ने पक्षमा
काठमाडौँ : कतारका उर्जा राज्य मन्त्री साद बिन शेरिदा अल काबीले कतार कार्बन उत्सर्जन शून्य गर्ने (जीरो कार्बन) फोरम निर्माणको पक्षमा रहेको बताएका छन् । अहिले कतार, अमेरिका, साउदी अरब, क्यानडा, नर्वेले गरी विश्वको कुल तेल र ग्यास उत्पादनमा ४० प्रतिशत हिस्सा ओगट्छन् । उनीहरूको यो पहलले कार्बन उत्सर्जनको विश्वव्यापी पहलमा उल्लेख्य योगदान पुग्ने बताइएको छ ।
कतारी उर्जा राज्यमन्त्रीले यो समूह मिलेर सहयोग मञ्च खडा गरी शून्य कार्बन रणनीतिमा काम गर्न सकिने बताउँदै मिथेन न्यूनीकरण, सर्कुलर कार्बन अर्थतन्त्रको (थप कार्बन उत्सर्जन नहुनेगरी उत्पादित वस्तुहरू नै प्रशोधन गरी प्रयोग गर्ने) पहल, स्वच्छ उर्जा विकास र कार्बन नियन्त्रण र भण्डारण प्रविधि, हाइड्रोकार्बन आयमा रहेको निर्भरतालाई घटाएर आम्दानीका क्षेत्र विविधिकरणमा सहकार्यको प्रस्ताव गरेका छन् । उनले विभिन्न देशहरूका राष्ट्रिय परिस्थितिका आधारमा सहकार्य गर्न सकिने पनि उल्लेख गरे ।
अमेरिकाले प्यारिस क्लाइमेट एग्रीमेन्टलाई कार्यान्वयन गर्न जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी प्रयासलाई नेतृत्व गर्ने जनाउ दिएको छ । कतारी उर्जा राज्यमन्त्रीले कार्बन उत्सर्जन न्यूनीकरणमा अद्वितिय प्रयास स्वरूप लिइने रणनीतिहरूमा कतारले पनि केही योगदान गर्न सक्ने बताए । उनले यो मञ्चमा आवद्ध हस्ताक्षरकर्ता राष्ट्रहरूसँगै कतारको पनि संलग्नताले यो मिसनले मानवीयताको भविष्यका लागि दीगो र उत्तम आकांक्षा भएको बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया