अर्थ / बाणिज्य

नबिल इन्भेष्टमेन्ट र बङ्गलादेश क्यापिटल मर्ज हुँदै

इकागज |
मंसिर ११, २०७९ आइतबार ११:३२ बजे

काठमाडौँ - नबिल इन्भेष्टमेन्ट बैंकिङ र नेपाल बङ्गलादेश क्यापिटल मर्ज हुने भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि यी दुवै बैंकका सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले नेपाल बंगलादेश क्यापिटललाई मर्ज हुने भएका हुन् ।

नबिल र नेपाल बङ्गालदेश बैंक मर्ज भएपछि नेपाल धितोपत्र बोर्डको नियम अनुसार अनिवार्य मर्जरमा जानु पर्ने व्यवस्था रहेको छ । सोही अनुसार यी कम्पनी मर्जर हुने भएका हुन् । नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र नेपाल बङ्गलादेश क्यापिटलबीच गाभ्ने तथा प्राप्ति गर्ने गरिएको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनमा सेयर आदानप्रदान अनुपात १ः०.२७ स्वाप रेसियो निर्धारण गरिएको छ । अर्थात् नेपाल बङ्गलादेश क्यापिटलको १ सेयर बराबर नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको ०.२७ सेयर हुनेछ ।


दुवै कम्पनीले मर्जर तथा एक्विजिशन प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका छन् । दुवै कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा मंसिर १८ गते बोलाएका हुन् । नबिल इन्भेष्टमेन्ट बैंकिङ कम्पनीको नक्साल र नेपाल बङ्गलादेश क्यापिटलको नबिल बैंकको केन्द्रीय कार्यालय तीनधारा काठमाडौंमा १० बजे सभा बोलाइएको छ ।

सभाले नबिल इन्भेष्टमेण्ट बैकिङ्ग र नेपाल बङ्गलादेश क्यापिटल गाभ्न तथा प्राप्ति गर्न सञ्चालक समिति एवं संयुक्त मर्जर समितिद्वारा नियुक्त सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याकनकर्ताको नियुक्ति तथा निजलाई भुक्तानी गरिने पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तथा अन्तिम सम्झौता पत्र लगायतका गाभ्ने तथा प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न भईसकेका सम्पूर्ण कार्यहरूलाई अनुमोदन गर्ने छ ।

यस्तै, सभाले दुवै कम्पनीको मर्जर पश्चात् जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्ध पत्रको विभिन्न दफाहरूमा संशोधनको प्रस्तावलाई स्वीकृती प्रदान गर्ने र १ः०.२७ स्वाप रेसियो अनुमोदन गर्नेछ ।


Author

थप समाचार
x