कोरोना बीमाको भुक्तानी बल्ल सुरु हुँदै
सांकेतिक तस्बिर
काठमाडौँ- कोरोना महामारीका बेला गरिएको कोरोना बीमाको भुक्तानी बल्ल सुरु हुने भएको छ ।
निर्जीवन बीमा कम्पनीले आजदेखि कोरोना बीमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन् ।
जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ ।
यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बीमा कम्पनीले आफ्नो हिस्सा रकम थपको छैन । कम्पनीहरूले पनि आफ्नो हिस्सामा पर्न आउने रकम दुई करोड २७ लाख रुपैयाँ पनि भुक्तानी गरेका छैनन् ।
हालसम्म नेसनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, ओरियन्टल र प्रिमियर इन्स्योरेन्स कम्पनीले मात्रै आफ्नो हिस्साको रकम संघलाई भुक्तानी गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया