एसबीआई बैंकले गर्यो लाभांस घोषणा, गत वर्षभन्दा दोब्बर
काठमाडौँ- नेपाल एसबीआइ बैंकले लाभांस घोषणा गरेको छ। बैंकले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।एसबीआइले अघिल्लो पटकको भन्दा दोब्बर लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षका लागि १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
गत वर्ष बैंकले कुल ५.३१ प्रतिशत लाभांश वितरण गरेको थियो। प्रस्तावित लाभांश मध्ये ३ प्रतिशत मात्र बोनस सेयर हो। बैंकले बाँकी नगद दिने जनाएको छ। कर पनि यसैमा समावेश छ। बैंकले कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरेको हो। बैंकको चुक्ता पुँजी ९ अर्ब ८२ करोड रुपैयाँ छ। प्रस्तावित लाभांश वितरण पछि चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ नाघ्नेछ। लाभांश राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया