नेपालको उडान सुरक्षा मूल्यांकन गर्न ईयू प्रतिनिधि आउँदै
नियमन र व्यवस्थापन नछुट्टिएसम्म नेपाल ईयूको हवाइ सुरक्षा सूचीमै
फाइल तस्वीर
काठमाडौँ- युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई एयर सेफ्टी लिस्टमै निरन्तरता दिएको छ। १० र ११ नोभेम्बरमा ईयू सेफ्टी कमिटीको बैठक बसेको थियो। त्योसँगै नोभेम्बर २३ मा ईयू हवाई सुरक्षाको नयाँ सूची सार्वजनिक गर्दै नेपाललाई पनि निरन्तरता दिएको हो।
नेपालको हवाई सेवा प्रदायक तथा नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण र नेपालमा रहेको युरोपियन युनियन (ईयू) ले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै निकट भविष्यमै युरोपियन युनियनको टोली नेपाल भ्रमण आउने जनाएको हो ।
बेल्जियमको ब्रसेल्समा सम्पन्न सेफ्टी कमिटीको बैठक र उक्त बैठकपश्चात बुधबार सार्वजनिक गरिएको ईयू एयर सेफ्टी लिस्टबाट नेपाल अझै हटेको छैन ।
‘नेपाल नागरिक उड्डयन प्राधिकरण नियमावलीमा व्यवस्था गरिएको नियामक र सेवा प्रदायक कार्य विभाजन सम्बन्धमा मूल्यांकन गरिएको थियो,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हाल लागू गरिएको नयाँ प्रावधान तथा नेपालको उडान सुरक्षा निगरानी क्षमतामा अभिवृद्धि भएको र अन्तर्राष्ट्रिय उडान सुरक्षा मापदण्डको अनुकूल प्रगति भएको सन्दर्भमा नेपालमा स्थलगत भ्रमण गरी प्रमाणित गर्नु आवश्यक छ । तसर्थ युरोपियन एभिएसन सेफ्टी एजेन्सी तथा सदस्य राष्ट्रहरुको सहयोगमा युरोपियन कमिसनको नेपालमा निकट भविष्यमै भ्रमण गर्ने योजना रहेको छ ।’
प्राधिकरणका अनुसार, केही महिनामै काठमाडौंमा आउने युरोपियन एभिएसन सेफ्टी एजेन्सीको महानिर्देशक९डीजी मूभ० ले नेतृत्व गर्ने टोलीले यहाको हवाई क्षेत्रको मूल्यांकन गर्ने छ ।
यसअघि असोज २० देखि २२ सम्म युरोपियन युनियन अन्तर्गतको असिस्टेन्ट मिसनले प्राधिकरण र केही वायुसेवामा भ्रमण तथा मूल्यांकन गरेको थियो । ईयूले नेपाल अझै आफ्नो सुरक्षा सूचीमै रहेको उल्लेख गर्दै यहाँको उडान सुरक्षाको क्षेत्रमा भएको प्रगति सम्बन्धमा जानकारी प्राप्त भएको विज्ञप्तीमा लेखेको छ ।
प्राधिकरणले आफ्नो नियमावली संशोधन गर्दै नियमनकारी निकाय र सेवाप्रदायकलाई एउटै महानिर्देशकले हेर्ने गरी कार्यविभाजन गरेको छ । प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, अबको अनसाइट मूल्यांकनले प्राधिकरणको नयाँ नियमावलीको कार्यान्वनको अवस्था तथा क्षमताको अध्यावधिक गरिने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया