काठमाडौंका डान्स, दोहोरी रेष्टुरेन्ट र लाउन्ज एण्ड बार बिहान दुई बजेसम्म खोल्न पाइने
काठमाडौं- काठमाडौं उपत्यकाका डान्स, दोहोरी रेष्टुरेण्ट र लाउन्ज एण्ड बार बिहान दुई बजेसम्म खोल्न पाइने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिको गत मंगलबार बसेको सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो । रात्रिकालीन व्यवसायलाई समयबद्ध रूपमा सञ्चालन गर्ने गरी यस्तो व्यवस्था मिलाएको जनाइएको छ ।
यस्तै, बैठकले लिकर सपहरू (बोतलबन्द बिक्री हुने) राति १० बजेसम्म, रेष्टुरेन्टहरू राति १२ बजेसम्म, क्लब र डिस्को बिहान चार बजेसम्मै खाेल्न पाउने निर्णय पनि गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया