काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा सिलबन्दी
काठमाडौँ- राजस्व अनुसन्धान विभागले काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा सिलबन्दी गरेको छ ।
भन्सार छलि गरी ल्याइएका सामान गोदाम गरिराखेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र विभागको टोलीले छापा मारि तीन स्थानमा रहेका कपडा गोदाममा सिलबन्दी गरेको हो ।
नितेश इम्पेक्सको काठमाडौंको भेडासिंङ, क्षेत्रपाटी र भुरुङ्खेलमा रहेको कपडा गोदाममा सिलबन्दी गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनले शुक्रबारदेखि विभागले सिलबन्दी गरेका स्थानमा थप अनुसन्धान गर्ने बताए ।
गाेदाममा भन्सार छलि गरी ल्याइएका ठूलो परिणाममा थान कपडा रहेको आशंका गरिएको उनले बताए । छापा मार्दा बिज, बिजक फेला नपरेकाले सिलबन्दी गरिएको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया