अर्थ / बाणिज्य

काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा सिलबन्दी

इकागज |
मंसिर १५, २०७९ बिहीबार १८:८ बजे

काठमाडौँ- राजस्व अनुसन्धान विभागले काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा सिलबन्दी गरेको छ ।

भन्सार छलि गरी ल्याइएका सामान गोदाम गरिराखेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र विभागको टोलीले छापा मारि तीन स्थानमा रहेका कपडा गोदाममा सिलबन्दी गरेको हो ।


नितेश इम्पेक्सको काठमाडौंको भेडासिंङ, क्षेत्रपाटी र भुरुङ्खेलमा रहेको कपडा गोदाममा सिलबन्दी गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनले शुक्रबारदेखि विभागले सिलबन्दी गरेका स्थानमा थप अनुसन्धान गर्ने बताए ।

​गाेदाममा भन्सार छलि गरी ल्याइएका ठूलो परिणाममा थान कपडा रहेको आशंका गरिएको उनले बताए । छापा मार्दा बिज, बिजक फेला नपरेकाले सिलबन्दी गरिएको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x