अर्थ / बाणिज्य

पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रदर्शन

इकागज |
मंसिर १८, २०७९ आइतबार १७:१५ बजे

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न दबाब दिँदै नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले आयल निगम अगाडि प्रदर्शन गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आए पनि नियमले समायोजन नगरेको भन्दै क्रान्तिकारीले प्रदर्शन गरेका हुन् । उनीहरूले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको भन्दै नाराबाजी गरेका थिए ।


विद्यार्थीहरूले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरे थप विरोधका कार्यक्रम तय गर्ने चेतावनी समेत दिएका थिए ।


Author

थप समाचार
x