अर्थ / बाणिज्य

सुनको मूल्य घट्यो

इकागज |
मंसिर २०, २०७९ मंगलबार १२:१७ बजे

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला छ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार तीन सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार चार सय थियो ।     


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर एक हजार तीन सय ५० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।
 


Author

थप समाचार
x