अर्थ / बाणिज्य

गाडी, बाइक, रक्सी र मोबाइलको आयात प्रतिबन्ध फुकुवा

इकागज |
मंसिर २०, २०७९ मंगलबार १९:३९ बजे

काठमाडौं- ​सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको छ । अर्थतन्त्र संकटकाे समयमा सरकारले यस्ता वस्तुहरूमा आयात प्रतिबन्ध गरेकाे थियाे ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पुस १ गतेदेखि लागू हुने गरी गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।


आयात प्रतिबन्ध लगाएका वस्तुहरू खुलाउनका लागि मुख्य सचिवको संयोजकत्वमा अध्ययन समिति बनेको थियो । सो समितिले प्रतिबन्ध फुकुवा गर्दा हुने सिफारिस गरेको थियो । त्यही अध्ययनको सिफारिस अनुसार सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको हो ।


Author

थप समाचार
x