अर्थ / बाणिज्य

सुनको मूल्य बढ्यो

इकागज |
मंसिर २२, २०७९ बिहीबार १२:२९ बजे

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सयले बढेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार सात सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार दुई सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार आठ सय थियो ।     


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार तीन सय ६० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ । 


Author

थप समाचार
x