अर्थ / बाणिज्य

आजको विनिमयदर : डलर १३१ रुपैयाँ, युरो १३८ रुपैयाँ

इकागज |
मंसिर २६, २०७९ सोमबार ११:२० बजे

काठमाडौँ- राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसा कायम गरेको छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार  युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९६ पैसा कायम रहेको छ ।

युरोको मूल्य अघिल्लो दिनको तुलनामा ३३ पैसा घटेको हो । त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ २६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ६७ पैसा तोकिएको छ ।


क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ २१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६५ पैसा छ। कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९ पैसा तोकेको छ ।

यता मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ८२ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । 


Author

थप समाचार
x