सुनको मूल्य फेरि घट्यो
काठमाडौँ- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ४०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन आज घटेर प्रतितोला ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन तोलाको १ लाख ८०० रुपैयाँ निर्धारण भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया