अर्थ / बाणिज्य

दुई दिन खस्केको सेयर बजार एक दिनमै उक्सियो

११ कम्पनीको सेयर मूल्यमा उछाल, कुन कम्पनीको कति बढ्यो ?

इकागज |
बैशाख १४, २०७८ मंगलबार १५:४२ बजे

काठमाडौं :  साताको सुरुवाती दुई दिन लगातार खस्किरहेको सेयर बजार एकै दिन उकासिएको छ । पछिल्ला दुई दिनमा नेपाल स्टक एक्सचेञ्‍ज- नेप्से परिसूचकमा १०२.६५ अंकको ह्रास आयो । तर, साताको तेस्रो दिन मंगलबार भने सेयर बजारले दुई दिनको ह्रास पूर्ति गरेको छ । ९२.४६ अंकले बढेर नेप्से २५९९.०७ बिन्दुमा पुगेको हो । ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएपछि सेयर बजारलाई उक्साउन बल पुगेको हो ।

मंगलबार कारोबारमा आएका १३ समूहका परिसूचक सबै सकारात्मक छन् । जलविद्युत समूहको परिसूचक ६.४८ प्रतिशतले बढेको छ । माथिल्लो तामाकोशी (अपर) जलविद्युतको सेयर मूल्य बढेर त सर्किट ब्रेकर नै लाग्यो । कारोबार समय समाप्त हुन केही सेकेन्ड अगाडी सर्किट ब्रेकर लागेको हो । प्रति कित्ता ७७ रुपैयाँले बढेर अपरको सेयर मूल्य ८४७ रुपैयाँ कायम भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य २३ रुपैयाँले बढेर २७० रुपैयाँ कायम भएको छ । छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य २५ रुपैयाँले बढेर २९४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । युनाइटेड इदी मर्दी हाइड्रोपावरको सेयर मूल्य ९.०२ प्रतिशतले बढेर २९० रुपैयाँ कायम भएको छ ।

व्यापार समूहमा ५.५५ प्रतिशतले वृद्धि भएको छ । उत्पादन समूहमा ४.४९ प्रतिशतले वृद्धि भएको छ भने निर्जीवन बीमा समूहमा ४.४ प्रतिशतले वृद्धि भएको छ । माइक्रोफाइनान्स समूहको परिसूचक ४.७७ प्रतिशतले बढेको छ भने लगानी समूहमा ४.६५ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ समूहमा २.६ प्रतिशतले वृद्धि भएको छ ।

सेयर कारोबार ५ अर्ब १० करोड रुपैयाँ बराबर कायम भएको छ । ६३ हजार ५५८ पटकको कारोबारमा एक करोड २ लाख २ हजार कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी २३ करोड ८२ लाख रुपैयाँ बराबर अपरको सेयर किनबेच भएको छ । दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार भएको छ । कुल सेयर बजारको आकार ३५ खर्ब ९८ अर्ब रुपैयाँ कायम भएको छ ।



Author

थप समाचार
x