सुदूरपश्चिम महोत्सव २०७९ सम्पन्न, ५ लाख दर्शकले गरे अवलोकन
कैलाली- धनगढीमा जारी सुदूरपश्चिम महोत्सव २०७९ सम्पन्न भएको छ । "समृद्ध सुदूरपश्चिमका लागि: आर्थिक समृद्धि" भन्ने मुल नाराका साथ मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव आज (पुस ५) सम्पन्न भएको हो ।
महोत्सवको करिब ५ लाख दर्शकहरूले अवलोकन गरेको आयोजक कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए । उनले महोत्सवमा करिब साढे ५ करोडको कारोबार भएको जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति दिएका थिए । स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरूको महोत्सवमा राम्रो कारोबार भएको संघका अध्यक्ष पुष्पराज कुंवरले बताए । उनले महोत्सवले स्थानीय स्तरमा पाइने वस्तुहरूको बजारीकरणमा प्रमुख भूमिका खेलेको समेत बताए ।
मंसिर २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको महोत्सवको समापन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया