अर्थ / बाणिज्य

नेपालगञ्जमा उठ्यो लक्ष्यभन्दा आधा मात्रै राजश्व

इकागज |
पुस ६, २०७९ बुधबार १४:३७ बजे

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा आधा कम राजश्व उठाएको छ । बाँकेमा चालु आर्थिक वर्षमा भन्सार छलीका घटना बढेर जाँदा लक्ष्यअनुसारको भन्सारले राजश्व असुली गर्नसकेको छैन । आर्थिक वर्ष २०७९/०८० सुरु भएदेखि नै कुनै पनि महिनामा लक्ष्य अनुसारको राजश्व उठाएको छैन ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा  प्रतिशतका हिसाबले सबैभन्दा कम राजश्व उठ्ने वर्ष हुन सक्ने सम्भावना हालका तथ्यांकले देखाएको छ ।


कार्यालयले साउनमा लिएको लक्ष्य १७ अर्ब ८ करोड ८५ लाख ५५ हजार थियो, जसमध्ये १ अर्ब ३५ करोड ४८ लाख हजार उठाउन सफल भएको छ । पछिल्लो साउनमा २० अर्ब १ करोड ७३ लाख ६९ हजार उठाइएको थियो । 

भदौको लक्ष्य २ अर्ब २३ करोड ३६ लाख १३ हजार छ, जसमा  १ अर्ब ४३ करोड ४९ लाख १२ हजार राजश्व उठेको छ । पछिल्लो भदौमा उठेको जम्मा रकम १ अर्ब ६४ करोड ६५ लाख ७१ हजार थियो । 

असोजमा पनि कार्यालयले खासै राजश्व उठाउन सकेन । जम्मा लिएको लक्ष्य २ अर्ब ३४ करोड १८ लाख १४ हजार  थियो । जसमध्ये कार्यालयले १२ अर्ब ८५ करोड ५७ हजार उठायो । जबकि  अन्तिम असोजमा कार्यालयले २ अर्ब ३७ करोड २४ लाख ६ हजार थियो । 

कात्तिकमा २०.३८ प्रतिशतले कम हुँदै राजश्व २ करोड अर्ब ३९ करोड ८२ लाख ७ हजार रहेको लक्ष्यमध्ये १ अर्ब ५४ करोड ५६ लाख ५२ हजार छ । जबकी विगतको कात्तिकमा कार्यालयले १ अर्ब ९४ करोड १२ लाख ७२ हजार उठाएको थियो । 

मंसिर महिनामा कार्यालयले २ अर्ब ४९ करोड ५० लाख ९ हजार लक्ष्यको १ अर्ब ३७ करोड ७४ लाख ६० हजार उठाएको छ । जबकि पछिल्लो मंसिरमा २ अर्ब ११ करोड २५ लाख ६१ हजार रकम असुली भएको थियो ।  

कार्यालयले यसवर्षको सुरुको ६ महिना भित्र लक्ष्य बमोजिमको राजश्व उठाउन नसक्नुको कारण बाँकेमा भन्सार छलीका घटना बढ्नु हो । 
 


Author

थप समाचार
x