यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १३ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
युरोपियन युरोको खरिद १४० रुपैयाँ ७४ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३८ पैसा र अष्ट्रेलियन डलरएकको खरिदमूल्य ८९ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १३ पैसा र बिक्रीमा ३५ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ रहेको छ ।
यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३५ पैसा र बिक्रीमा १० रुपैयाँ ३९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९५ पैसा र बिक्रीमा १७ रुपैयाँ ३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५७ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ५३ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ४६ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ५ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया