अर्थ / बाणिज्य

अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : जनार्दन शर्मा

इकागज |
पुस ११, २०७९ सोमबार १६:२५ बजे

फाइल तस्वीर

काठमाडौँ-  निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । आफ्नो कार्यकालको अन्तिम पत्रकार सम्मेलनमा शर्माले अर्थतन्त्रका सूचकहरुमा सुधार भएकाले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका हुन् । उनले पछिल्लो एक वर्षमा रुस–युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेको भन्दै त्यसका सुधार हुँदै आएको बताए ।

बाह्य कारणले नेपालको मुद्रास्फीतिलाई समेत प्रभाव परेको बताउँदै उनले आयातमा प्रतिबन्ध, मार्जिन लगाइएको र निर्वाचनका कारण राजस्वमा भने उनले चाप रहेको बताए । उनले राजश्व कमी हुँदा चुनौती यथावत् रहेको बताए । अर्थमन्त्री शर्माले वित्त र मौद्रिक नीतिबीच सन्तुलन चाहिने बताए । उनले ब्याजदर वृद्धि र मागमा आएको संकुचनले बजारमा देखिएको समस्या समाधान गरी चलायमान गरी ऋण प्रवाह आवश्यक रहेको बताए ।


उनले शोधनान्तर स्थिति २० अर्बले बचतमा रहेको जानकारी गराउँदै विप्रेषण आप्रवाहमा समेत सुधार भएको बताए । विदेशी मुद्राको सञ्चितिमा समेत सुधार भएकाले बताए । उनले अर्थतन्त्रलाई ठूलठूला परिघटनाबाट परेको प्रभावबाट बचाउँदै अगाडि बढाउन सफल भएको दाबी गरे । 

 शर्माले चुनाव लगायतका कारण पुँजीगत खर्च धेरै नभए पनि अब बढ्ने दाबी गरे। उनले  १ खर्ब रूपैयाँ बराबरको विभिन्न परियोजनाहरुको टेन्डर भइसकेको बताए । मन्त्री शर्माले  सरकारले ४ खर्ब बराबरको भुक्तानी गर्ने दायित्व बाँकी रहेको बताए । भुक्तानी गर्ने दायित्व सबै प्रक्रिया सुरु भएकाले पनि पुँजीगत खर्च बढ्ने बताए । उनले चालू आर्थिक वर्षको ६ महिनामा कुल खर्च २५.२६ प्रतिशत जसमा चालू खर्च ३१.७४ प्रतिशत र पुँजीगत १०.१७ प्रतिशत भएको बताए ।

उनले आर्थिक ०७९/०८० को बजेटमा धेरै विषय अगाडि सारिएको बताउँदै नेपालको कृषि क्षेत्रको रुपान्तरणमा विशेष जोड दिइएको बताए । उनले  अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर बजेटमा सोहीअनुसार ध्यान दिएको दाबी गरे ।


Author

थप समाचार
x