उद्योगीको समस्या समाधन गर्ने अर्थमन्त्रीको प्रतिवद्धतापछि आन्दोलन स्थगित
काठमाडौँ- यसै महिनाभित्र उद्योगीहरूको समस्या समाधन गर्ने अर्थमन्त्रीको प्रतिवद्धतापछि व्यवसायीहरूले आन्दोलन स्थगित गर्ने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलसँगको वार्तापछि उद्योगीहरूको आन्दोलन स्थगित गरेका हुन्। कात्तिकदेखि लागू भएको चालू पुँजी कर्जा मार्गदर्शन २०७९ स्थगन, ब्याजदर वृद्धि, सीडी रेसियो घटाउनुपर्नेलगायत माग राख्दै व्यवसायी आन्दोलनरत थिए। अर्थमन्त्रीको आश्वासन पश्चात उद्योगीहरू हाललाई आन्दोलनबाट पछि हटेका हुन्।
उद्योग वाणिज्य महासंघ अन्तर्गतका जिल्ला संघ तथा वस्तुगत संघहरूले लामो समयदेखि आन्दोलन गरिरहेका थिए। उद्योगी व्यवसायीहरूका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अर्थमन्त्री पौडेलसँग मंगलबार पनि भेटेर आफ्ना माग तथा सुझाव राखेका थिए।
चुनावअघिदेखि नै नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गदर्शन २०७९ को विरोधमा रहेका उद्योगी व्यवसायीले पछिल्लो समय आन्दोलन गरिरहेका थिए।
व्यवसायीहरूको आन्दोलन तथा पछिल्लो समय निरन्तर देखिएको वित्तीय स्रोतको अभावकै बीचमा मन्त्रिपरिषदको बैठकले अर्थतन्त्रलाई सामान्य बनाउनका लागि काम गर्ने निर्णय पनि गरिसकेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया