उद्योगी व्यवसायीका समस्याको समाधान खोज्छुः अर्थमन्त्री पौडेल
काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीहरूका समस्याहरूको समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताएका छन् ।
बिहीबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासंघ र नेपाल इन्भेष्टमेण्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरूका समस्याहरूको समाधान खोज्ने सकारात्मक प्रयास गर्ने बताएका हुन् । उनले चेम्बरले मुलुकको आर्थिक समुन्नतिका लागि सरकारसँग सहकार्य गर्ने विषय सकारात्मक भएको जिकिर गरे ।
अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक उन्नति अहिले सबैको सरोकारको विषय भएको बताए । उनले चेम्बरले उठाएका मागहरूलाई छलफल गरेर सकारात्मक समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, अर्थमन्त्री पौडेलले नेपाल उद्योग व्यापार महासंघसँगको छलफलमा अर्थतन्त्र अप्ठ्यारोमा रहेको भन्दै अफ्ठ्यारोका बीचबाट समाधान खोज्नुपर्ने अवस्था रहेको बताए । उनका अनुसार व्यवसायीहरूको माग तत्काल सम्बोधन गर्ने विषयमा पहल गर्नेछ ।
त्यस्तै अर्थमन्त्री पौडेलले शेयर बजार सुधारका लागि आवश्यक पहल गर्ने पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया