अर्थ / बाणिज्य

भाटभटेनीलाई दुई लाख ५० हजार जरिवाना

इकागज |
पुस १४, २०७९ बिहीबार २०:१० बजे

फाइल तस्बिर

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा रहेको भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरेको आरोपमा रु दुई लाख ५० हजार जरिवाना गरेको आज जनाएको छ ।

कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन  तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको  पाइएपछि कारबाही गरिएको बताइएको छ ।


जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले उक्त सुपर मार्केटको एक्कासि अनुगमनमा गर्दा  उक्त तथ्य फेला परेपछि सो जरिवाना गरेको हो ।

अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु बिक्रीवितरणमा रोक लगाएको सहायक प्रजिअ कँडेलले बताए ।


Author

थप समाचार
x