अर्थ / बाणिज्य

नबिलले प्राप्ति गर्ने भएपछि रोकियो युनाइटेडको सेयर कारोबार

इकागज |
बैशाख १९, २०७८ आइतबार १२:४ बजे

काठमाडौं : नबिल बैंकले युनाइटेड फाइनान्सलाई आफूमा समाहित (प्राप्ति ) गर्ने भएपछि दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्जले यो फाइनान्सको सेयर कारोबार रोक्का राखेको हो । गत शुक्रबार नबिल बैंक र युनाइटेड फाइनान्स प्राप्ति गर्ने सहमती भएको थियो ।

नबिलले युनाइटेडलाई ३५ रुपैयाँ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । युनाइटेड फाइनान्सका अध्यक्ष वसन्त चौधरी हुन् । नबिल बैंकमा विनोद चौधरीको परिवारको स्वामित्व छ । यस हिसाबले नबिल बैंक र युनाइटेड फाइनान्स एकाघरपरिवार (चौधरी ग्रुप) बाट सञ्‍चालित वित्तीय संस्था थिए । 



Author

थप समाचार
x