अर्थ / बाणिज्य

सनराइज बैंकले त्रिविका विद्यार्थीलाई थेसिसका लागि आर्थिक सहयोग गर्ने

इकागज |
माघ १८, २०७९ बुधबार १८:५५ बजे

काठमाडौं । सनराइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागब्ीाच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले केन्द्रीय व्यवस्थापन विभाग, त्रिभुवन विश्वविद्यालय एम.वि.एसमा स्नातकोत्तरका ८ जना विपन्न र जेहेनदार विद्यार्थीहरुलाई आफ्नो अध्ययनको क्रममा थेसिस प्रयोजनको लागि चाहिने आर्थिक सहयोग गर्ने भएको छ । 

देशैभरका विद्यार्थीहरु आएर अध्ययन गर्ने यस विश्वविद्यालयमा विभिन्न संकायमा १९५९ सालदेखि अध्ययन अध्यापन हुँदै आएको छ । यस सहयोगले गुणस्तरीय थेसिस लेख्न विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्रा.भवानी शंकर आचार्यले बताए ।


आज एक कार्यक्रममा त्रि Þवि Þवि को परिसरमा बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा.भवानी शंकर आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो हस्ताक्षर कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाल लगायत त्रिविका अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
 


Author

थप समाचार
x