अर्थ / बाणिज्य

पेट्रोलियम पदार्थको भाउ बढ्यो

इकागज |
माघ २३, २०७९ सोमवार २१:४८ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३/३ रुपैयाँका दरले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको १७५ रुपैयाँ कायम भएको छ । भारतबाट मूल्य बढेर आएपछि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।


खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरानै छ ।


Author

थप समाचार
x