अर्थ / बाणिज्य

कागजात बन्द कार्यालयमा छन्, अनलाइनबाट कर तिर्न सक्दैनौं : चेम्बर

इकागज |
बैशाख २१, २०७८ मंगलबार १४:३१ बजे

काठमाडौं : नेपाल चेम्बर अफ कमर्शले कोभिड-१९ महामारीमा सरकारले निषेधाज्ञा लगाएकाले कर तिर्न नसक्ने जिकिर गरेको छ । केही समयअघि आन्तरिक राजस्व विभागले अनलाइनमार्फत कर तिर्न आग्रह गरेको थियो ।

तर, कर तिर्नका लागि आवश्यक कागजात कार्यालयमै रहेकाले अनलाइमार्फत तिर्न सम्भव नभएको उनीहरूले बताएका छन् । उनीहरूले कर तिर्ने म्याद थप गर्न माग गरेका छन् ।

'उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको छैन,' विज्ञप्तिमा भनिएको छ, 'सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौँ ।'



Author

थप समाचार
x