अर्थ / बाणिज्य

१० कम्पनीको सेयर मूल्यमा उछाल, जलविद्युतले उचाल्यो बजार

इकागज |
बैशाख २१, २०७८ मंगलबार १५:५२ बजे

काठमाडौं : मंगलबार कारोबारमा आएकामध्ये १० कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमा ५० प्रतिशत जललिद्युत कम्पनीको वर्चस्व छ । पाँच जलविद्युतको सेयर मूल्य औषत ९ प्रतिशतले बढेको हो ।

राधी विद्युत कम्पनी, रु रु जलविद्युत कम्पनी, सिंगटी हाइड्रो इनर्जी, युनाइटेड मोदी हाइड्रोपावर, पञ्‍चकन्यामाई हाइड्रोपावर र युनिभर्सल पावर कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । जलविद्युत समूहको परिसूचक १.२ प्रतिशतले बढेको छ ।

राधीको सेयर मूल्य ५२ रुपैयाँले बढेर ५७७ रुपैयाँ कायम भएको छ । रु रु जलविद्युतको ३८ रुपैयाँले बढेर ४२२ रुपैयाँ पुगेको छ । सिंगटी हाइड्रोको सेयर मूल्य ४३ रुपैयाँले बढेर ४८१ रुपैयाँ पुगेको छ । युनाइटेड मोदी हाइड्रोपावरको २४८ रुपैयाँ, पञ्‍चकन्यामाई हाइड्रोपावरको २०४ रुपैयाँ र युनिभर्सल पावर कम्पनीको १९४ रुपैयाँ कायम भएको छ ।

त्यसपछि लघुवित्त समूहमा सबैभन्दा ठूलो उछाल देखिएको छ । महिला लघुवित्त, समता लघुवित्त र सपोर्ट लघुवित्तको सेयर मूल्यमा भारी वृद्धि भएको छ । समता लघुवित्त र महिला लघुवित्तको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । समग्रमा माइक्रोफाइनान्स समूहको परिसूचक २.५६ प्रतिशतले बढेको छ ।


महिला लघुवित्तको ३७८ रुपैयाँले बढेर ४ हजार १ सय ५८ रुपैयाँ कायम भएको छ । समता लघुवित्तको ६०५ रुपैयाँ छ । सपोर्ट लघुवित्तको २३३ रुपैयाँले बढेर २ हजार ५६८ रुपैयाँ कायम भएको छ ।

विशालबजार कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा ट्रेडिङ समूहको परिसूचकमै २.४३ प्रतिशतको वृद्धि देखिएको छ ।

सेयर बजारमा बलियो उपस्थिती रहेका प्रमुख कम्पनीका परिसूचकहरू ऋणात्मक बन्दा नेप्से परिसूचक भने १.९४ अंकले मात्रै बढेको छ । ०.०७ को नगन्य प्रतिशतमा बढेको नेप्से परिसूचक २६५४.६९ बिन्दूमा पुगेको छ ।

६८ हजार ३१९ पटकको कारोबारमा ६ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो १ करोड ३० लाख कित्ता मात्रै हो । सबैभन्दा बढी कारोबार एनसीसी बैंकको छ ।


Author

थप समाचार
x