अर्थ / बाणिज्य

अमेरिकी डलरसँगै युरोको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

इकागज |
चैत ७, २०७९ मंगलबार १२:२ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमयदर सार्वजनीक गरेको छ । मंगलबार अमेरिकी डलरमा १३ पैसाले वृद्धि भएको छ। आज उक्त डलरको खरिददर १३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५२ पैसामा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार यसको खरिदमूल्य १३१ रुपैयाँ ७९ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ३९ पैसामा कारोबार भएको थियो ।   

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५७ पैसाले बढेको हो । सोमबार यसको खरिदमूल्य १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसामा कारोबार भएको थियो । सोमबार नि युरोको कारोबारमा ४१ पैसाले वृद्धि भएको थियो ।  


यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ २२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९५ पैसा तोकिएको छ। यसअघि सोमबार उक्त पाउण्डको खरिद १६० रुपैयाँ ४८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २१ पैसामा खरिदबिक्री भएको थियो ।

त्यसैगरी आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७५ पैसा कायम गरिएको छ। 

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ २८ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७२ पैसामा कारोबार भइरहेको छ। 

यस्तै कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५ रुपैयाँ २८ पैसा तोकेको छ।

यसैगरी युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८ पैसामा कारोबार भइरहेको छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ४१ पैसा र बिक्रीमा २९ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

आज कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २५ पैसा र बिक्रीमा ४३२ रुपैयाँ २१ पैसा तोकिएको छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ३९ पैसामा किनबेच भएको छ।
 


Author

थप समाचार
x