अर्थ / बाणिज्य

नेपाल एयरलाइन्सका पाइलटसहित सात कर्मचारी निलम्बनमा

इकागज |
चैत ७, २०७९ मगलवार १८:५५ बजे

फाइल तस्बिर

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।

ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्को सूचना जारी नभएसम्म निलम्बन गरेको हो ।


सोमबार ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन–एबीटी विमानमा लोड सिटमा भन्दा १०५ केजी बढी सामान बाकेको थियो । उक्त सूचना पाएपछि चालक दलका तीनजना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरिएको निगमका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । 

उक्त विमानले एक पुरुष यात्रुलाई महिला यात्रुका रूपमा यात्रा गराएको पनि पाइएको निरौलाले बताएका छन् ।
 


Author

थप समाचार
x