अर्थ / बाणिज्य

दुई हजार रुपैयाँले घट्यो सुनको भाउ

इकागज |
चैत ८, २०७९ बुधवार १२:७ बजे

काठमाडौँ- सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले घटेर बुधबार छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । बुधबार तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 


यसैगरी चाँदीको ५ रुपैयाँले घटेर बुधबार प्रतितोला १३ सय ३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।  


Author

थप समाचार
x