अर्थ / बाणिज्य

फ्लोरा एक्स्पो २०७९ चैत्र १७ देखि काठमाडौंमा सुरु

इकागज |
चैत १३, २०७९ सोमवार १७:२६ बजे

काठमाडौं- २४ औं फ्लोरा एक्स्पो २०७९ चैत्र १७ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।​

फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत १७ देखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फ्लोरा एक्स्पो हुने जानकारी गराएको हो । ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिका लागि पुष्प व्यवसाय‘ भन्ने मुल नारासहित पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि एक्स्पो आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपालका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक शिवबहादुर खड्काले जानकारी दिए ।


एक्स्पोमा व्यावसायिक स्टल ६२ वटा , ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल १० वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल ३ वटा, र २ वटा फूड स्टलसहित जम्मा ८० वटा स्टल रहने छन् भने मेलामा आलंकारिक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामग्रीलगायतको प्रदर्शनी तथा बिक्री कक्ष रहने उनले बताए ।

मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरूबीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरूमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ । एक्स्पो अवधिभित्र ४७ हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा करिब ७५ लाखसम्मको व्यावसायिक कारोबार हुने अपेक्षा लिएको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।


Author

थप समाचार
x