अर्थ / बाणिज्य

फेरि २७०० अंक नजिक पुग्यो नेप्से

पाँच कम्पनीको मूल्यमा उछाल, विशाल बजारको भाउमा पहिरो

इकागज |
बैशाख २८, २०७८ मंगलबार १५:२४ बजे

काठमाडौं : सोमबारबाट बढ्न सुरु गरेको सेयर बजार मापन गर्ने नेप्से परिसूचक २७०० अंक नजिक पुगेको छ । नेप्से २७.४७ अंकले बढेको छ । १.०४ प्रतिशतले बढेर नेप्से २६७३.३१ बिन्दुमा पुगेको हो । सोमबार नेप्सेलाई बढाउँन सबै समूहको परिसूचकले मद्दत पुर्‍यायो ।

व्यापार समूहको परिसूचक ५.७९ प्रतिशतले बढेको छ । त्यसपछि म्यानुफ्याक्चरिङ र अन्य समूहमा सबैभन्दा बढी दरमा वृद्धि भएको छ । अन्य समूहका परिसूचक २.५३ प्रतिशतले बढेको छ म्यानुफ्याक्चरिङ समूहको परिसूचक २.४२ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्सको परिसूचक १ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

बोटलर्स नेपालको सेयर मूल्य ९१५ रुपैयाँले बढेर १० हजार ६५ रुपैयाँ प्रति कित्ता कायम भएको छ । रु रु जलविद्युत् कम्पनीको सेयर भाउ ९ दशमलव ९७ प्रतिशतले बढेको छ । युनाइटेड मोदी हाइड्रोपावर, गुह्येश्वरी मर्चेन्ट एन्ड फाइनान्स र समता लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार मूल्य पनि बढेको छ । यस दिन ५ अर्ब ८१ करोड रुपैयाँ सेयर कारोबार भएको छ । ६२ हजार ६५९ पटकको कारोबारमा १ करोड ८ लाख कित्ता सेयर किनबेच भएको छ ।

विशाल बजार कम्पनीको सेयर मूल्य घटेर सर्किट ब्रेकर नै लागेको छ । ५४४ रुपैयाँले घटेर विशाल बजार कम्पनीको सेयर मूल्य ४ हजार ८९७ रुपैयाँ कायम भएको छ ।



Author

थप समाचार
x