अर्थ / बाणिज्य

सञ्जय अग्रवालको संयोजकत्वमा एनआइसीसीआईकाे नयाँ समिति

इकागज |
बैशाख १५, २०८० शुक्रबार १३:४८ बजे

काठमाडौं– नेपाल र इटाली बीचको व्यापारको छाता संगठन नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई)ले यही वैशाख १३ गते अध्यक्ष सञ्जय अग्रवालको संयोजकत्वमा नयाँ कार्यसमितिको बैठक सम्पन्न गरेको छ । उक्त कार्यसमितिको बैठकले चेम्बरको उपाध्यक्षमा रूपक राजवंशीलाई चयन गरेको छ।

बैठकले चेम्बरको गतिविधिलाई प्रभावकारी बनाउन चार वटा समसामयिक समिति पनि गठन गरेको छ । उद्योग तथा लगानी प्रवर्द्धन समितिमा विनोद सगंतानी, पर्यटन प्रवर्द्धन समितिमा सारिक बोगटी, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा खेलकुद समितिमा किशोर भट्टराई र व्यापार समितिमा सुभाष विक्रम शाह निर्वाचित भएका छन् ।


नव निर्वाचित समितिले नेपाल र इटाली बीचको विद्यमान व्यापार, पर्यटन, सूचना प्रविधि र व्यापारलाई थप विस्तार गर्दै दुई देश बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिवद्धता जनाएको छ ।

एनआईसीसीआइ इटालीसँग व्यापार सम्बन्ध राख्ने नेपाली व्यवसायी तथा उद्योगीहरूको द्विराष्ट्रिय संस्था भएको र नेपालसँग व्यापार गर्ने इटालियन व्यवसायीहरूको संगठन भएकोले एनआईसीसीआईको मुख्य उद्देश्य इटालियन संयुक्त लगानी  नेपाल र ईटालीबीचको आर्थिक सम्बन्धलाई प्रवर्द्धन गर्ने भएको बताइएको छ । 

व्यापार तथा वाणिज्यका दृष्टिले नेपाल र इटालीको पारस्परिक हितका लागि नेपालमा स्थापना भएको यो एक मात्र संघ भएको र नेपाल इटली चेम्बरमार्फत द्विपक्षीय व्यापार अभिवृद्धिसँगै नेपालमा इटालीबाट लगानी भित्र्याउने तथा नेपालमा इटालीका पर्यटकको संख्या बढाउन अभिप्राय रहिआएको बताइएको छ ।


Author

थप समाचार
x