अर्थ / बाणिज्य

प्रिमियममा शेयर निष्कासन गर्न लागेको आईएमई लाइफको खुद नाफामा ७९ प्रतिशतले वृद्धि

इकागज |
बैशाख २०, २०८० बुधबार १६:१० बजे

काठमाडौं – प्रिमियममा शेयर निष्कासन गर्न लागेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा ७९ प्रतिशतले वृद्धि भएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०७९-८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेसँगै खुद नाफा एवं अन्य सूचकहरूमा समेत उल्लेखनीय सुधार भएका देखिएको हो ।  

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले दुई अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म भने कम्पनीले दुई अर्ब ४४ करोड ७३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । तुलनात्मक रूपमा कम्पनीको कुल बीमा शुल्क आर्जन २२ प्रतिशतले बढेको देखिन्छ ।   


यस अवधिमा कम्पनीले दुई अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले दुई अर्ब ३७ करोड ९२ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २१ प्रतिशतले बढेको देखिन्छ ।

कम्पनीको चुक्ता पूँजी दुई अर्ब ८० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको एक अर्ब ४० करोड चुक्ता पूँजी रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको चुक्ता पूँजी एक सय प्रतिशतले बढेको देखिन्छ । 

यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा एक अर्ब १० करोड पाँच लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष ८१ प्रतिशतले बढेको देखिएको छ । 

जीवन बीमा कोषमा ६ अर्ब सात करोड ७३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ४३ प्रतिशतले बढेको देखिन्छ ।

कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा आठ अर्ब चार करोड ७१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको चार अर्ब ४१ करोड १९ लाख दीर्घकालीन लगानी तथा कर्जा रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा ८२ प्रतिशतले बढेको देखिन्छ । 
यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७९ प्रतिशतले बढेको देखिन्छ । 

यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी आठ रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ एक सय ४३ रुपैयाँ ६७ पैसा रहेको छ ।


Author

थप समाचार
x