अर्थ / बाणिज्य

चैतमा झण्डै ८७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

इकागज |
बैशाख ३०, २०७८ बिहीबार ८:५८ बजे

चालु आर्थिक वर्षको ९ महिना (साउन-चैत) को आर्थिक र वित्तीय स्थिति

काठमाडौँ : नेपाली श्रम गन्तव्य पश्चिम एसियाका मुलुकहरूमा आर्थिक गतिविधिमा सुधार आउन थालेसँगै नेपाल भित्रने रेमिट्यान्स वृद्धि भएको छ । कोभिड १९ का कारण गत आर्थिक वर्षमा फागुन र चैतमा रेमिट्यान्स आप्रवाहमा ठूलो गिरावट आएको थियो । २०७६ चैतको मासिक रेमिट्यान्स आप्रवाह ३४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । गत वर्षको चैत महिनाको रेमिट्यान्स आप्रवाहको तुलनामा यो वर्ष चैतको रेमिट्यान्स आप्रवाह १५२ प्रतिशतले बढेको हो । 

यद्यपि चालु आर्थिक वर्ष २०७७–७८ मा चैत महिनाको मासिक रेमिट्यान्स आप्रवाह ८६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । यो रकम असोज महिनापछि मासिक रूपमा आउने रेमिट्यान्समा सबैभन्दा बढी हो ।  


रेमिट्यान्स आप्रवाह  (रुपैयाँमा) 

वैशाख – ५३ अर्ब ९४ करोड 

जेठ– ९४ अर्ब २ करोड 

असार– १०० अर्ब १६ करोड 

साउन– ९२ अर्ब ७१ करोड 

भदौ – ७३ अर्ब १ करोड 

असोज – ९३ अर्ब १२ करोड 

कात्तिक – ७८ अर्ब ८६ करोड 

मंसीर – ७९ अर्ब ८ करोड 

पुस – ७८ अर्ब ५० करोड 

माघ– ७२ अर्ब ३९ करोड 

फागुन– ७४ अर्ब ४३ करोड 

चैत– ८६ अर्ब ८८ करोड 
(स्रोतः नेपाल राष्ट्र बैंक) 
 


Author

थप समाचार
x