अर्थ / बाणिज्य

व्यवसायी घिमिरेले चीनबाट अक्सिजन ब्याग, मास्क र सिलिन्डर ल्याउँदै

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १६:१६ बजे

काठमाडौं  ः कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजनको व्यवस्थापन गर्न निजी क्षेत्र पनि जुटेको छ । मुलुकभर अक्सिजनको अभाव भएपछि एभरेष्ट ग्यास ग्रुपका अध्यक्ष व्यवसायी शिवप्रसाद घिमिरेले चीनबाट अक्सिजन व्याग, अक्सिजन मास्क तथा अक्सिजन सिलिन्डर ल्याउने भएका हुन् ।

ग्रुप अन्तर्गतका दुई कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेड प्रालि र एभरेष्ट ग्यास उद्योग प्रालिमार्फत भित्र्याइने यी सामग्री सात दिनभित्रै आइपुग्ने अध्यक्ष घिमिरेले जानकारी दिए । 

पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन ब्याग तथा ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर सोमबार हवाई मार्गबाट काठमाडौं आइपुग्ने जनाइएको छ । यस्तै, अक्सिजन सिलिण्डर १० लिटर क्षमताका   २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २२५० युनिट जेठ ७ गतेभित्र स्थलमार्गबाट नेपाल ल्याइपु¥याइने अध्यक्ष घिमिरेले जानकारी दिए । 

घिमिरेले मुलुकमा अक्सिजन अभावको समस्या भयावह भएको उल्लेख गर्दै यो बेला मुनाफा नराखी लागत मूल्यमा यी सामग्री आवश्यकताका आधारमा अस्पताल तथा व्यक्तिहरुलाई उपलब्ध गराइने जानकारी दिए । ‘अहिलेको महामारीमा हामी सबै व्यवसायीले विदेशमा आफ्नो नेटवर्कमार्फत अक्सिजनलगायतका अत्यावश्यकीय स्वास्थ्य सामग्री भित्र्याउन पहल गर्नुपर्छ भनेर यो प्रयास गरिएको हो,’ अध्यक्ष घिमिरे भने, ‘तत्कालका लागि अक्सिजन सिलिण्डर, ब्याग र मास्क भित्र्याएका छौं र आवश्यकताका आधारमा थप सामग्री ल्याउने योजनामा छौं ।’

अक्सिजन ब्यागको उपयोगिता यातायातको पहुँच नपुगेका क्षेत्रमा तत्काल अस्पताल पु¥याउनु पर्ने संक्रमितका लागि गर्न सकिने जनाइएको छ । अन्य मुलुकमा यस्तो व्याग आपतकालिन उपचारका लागि प्रभावकारी सावित हुँदै आएको छ । 



Author

थप समाचार
x