अर्थ / बाणिज्य

पदभारसँगै अर्थमन्त्रीद्वारा तीन अस्पताललाई ५ करोड ८३ लाख रुपैयाँ स्वीकृत

इकागज |
बैशाख ३१, २०७८ शुक्रवार १८:२३ बजे

काठमाडौं : विष्णुप्रसाद पौडेलले तेस्रोपटक अर्थमन्त्रीमा पुनर्बहाली भएपछि तीन अस्पताललाई पाँच करोड ८३ लाख २४ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन् । उनले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि बजेट स्वीकृत गरेका हुन् । 

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका हुन् ।  अर्थ मन्त्रालयमा पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड-१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने बताए । 

उनले कोभिड-१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड-१९ विरुद्धको लडाईँलाई थप सघन र प्रभावकारी बनाउने बताए । 

अर्थमन्त्री पौडेलले कोभिड-१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गरेका थिए ।



Author

थप समाचार
x