अर्थ / बाणिज्य

भारतको बैंग्लोर उडेको जहाज पुनः नेपाल फर्काइयो, चरा ठोक्किएको आशंका

इकागज |
जेठ १३, २०८० शनिवार १५:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- भारतको बैंगलौरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फर्काइएको छ । आज (शनिबार) १ बजेर ३० मिनेटमा बैंगलौरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्काइएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । जहाजमा चरा ठोक्किएको आशंकामा प्राविधिक निरीक्षण जारी छ । 



Author

थप समाचार
x