अर्थ / बाणिज्य

अब जुनसुकै विषय पढेकाले पनि शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुन पाउने

इकागज |
जेठ १५, २०८० सोमबार १८:२० बजे

काठमाडौँ– अब जुनसुकै विषय अध्ययन गरेका व्यक्तिले शिक्षण अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी हुन पाउने भएका छन् । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०–८१ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् । 

यसअघि शिक्षा विषय पढेकाहरूले मात्र लाइन्सेन्सको परीक्षा दिन पाउँथे । अन्य विषय पढेकाले भने एक वर्षे शिक्षा पढेर वा तालिम लिएर मात्रै परीक्षा दिन पाइने व्यवस्था थियो । 



Author

थप समाचार
x