अर्थ / बाणिज्य

सडक निर्माण गर्दा स्वदेशी सिमेन्ट प्रयोग गर्नुपर्ने व्यवस्था

इकागज |
जेठ १५, २०८० सोमवार १८:४९ बजे

काठमाडौँ- सरकारले स्वदेशी सिमेन्ट उद्योगहरूको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरू निर्माण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले  स्वदेशी सिमेन्ट उद्योगहरूको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरू निर्माण गर्नु पर्ने बताए । उनले आगामी आर्थिक वर्षदेखि स्वदेशी सिमेन्टका सडक बनाउने नीति अघि सारेको बताए ।


महतले बलियो र टिकाउ सडक संरचना निर्माण गर्नुका साथै बिटुमिनको आयातमा कमी ल्याउन सकिने बताए । उनले सरकारले ढुङ्गा र गिटी निकासी गर्न आधार तयार गर्न बताए । उनले अर्थमन्त्री महतले विभिन्न ३६ वटा वस्तुमा दिँदै अनुदानमा ९० करोड रुपैयाँ विनियोजन गरेको बताए ।


Author

थप समाचार
x