अर्थ / बाणिज्य

यस्ताे छ आजको बिदेशी मुद्राको विनिमय दर

इकागज |
जेठ १७, २०८० बुधबार ८:१५ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ६९ पैसा र बिक्री दर १४२ रूपैयाँ ३४ पैसा रहेको छ। 


बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ०६ पैसा र बिक्री दर १६४ रूपैयाँ ८१ पैसा रहेकाे छ भने क्यानेडियन डलर १ को खरिददर ९७.२१ र बिकी दर ९८.६६  रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७८ रुपैयाँ र साउथ कोरियन वन १०० को खरिददर १०.१ रुपैयाँ  छ भने बिक्री दर ९० रुपैयाँ  ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा, साउदी रियाल एकको खरिद दर ३५.२१  रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ,  मलेसियन रिंगिट एकको खरिद दर २८.६९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.८३ रुपैयाँ रहेको छ ।
 


Author

थप समाचार
x