अर्थ / बाणिज्य

यस्ताे छ आजकाे बिदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १ सय ४१ नाघ्याे

इकागज |
जेठ १८, २०८० बिहीबार ६:५४ बजे

फाइल फोटो

काठमाडौं - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रूपैयाँ ०३ पैसा र बिक्री दर १४१ रूपैयाँ ६७ पैसा रहेको छ।  


बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ २८ पैसा र बिक्री दर १६४ रूपैयाँ ०२ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९३ रुपैयाँ कायम गरिएकाे छ । 

राष्ट्र बैंकका अनुसार क्यानेडियन १ को खरिददर ९६.७४  र बिकी दर ९७.१८ कायम हुदाँ  साउथ कोरियन वन १०० को खरिददर ९.९६ रुपैयाँ  छ भने बिक्री दर ९० रुपैयाँ  पुगेकाे छ ।

उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४१ पैसा, साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ मलेसियन रिंगिट एकको खरिद दर २८.६१ रुपैयाँ रहेको छ भने बिक्री दर २९.७४ रुपैयाँ रहेको  राष्ट्र बैंकले जनाएकाे छ।

 


Author

थप समाचार
x