अर्थ / बाणिज्य

सानिमा लाईफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने

इकागज |
जेठ २, २०७८ आइतबार १२:४७ बजे

काठमाडौं : सानिमा लाईफ इन्स्योरेन्सले धितोपत्र दर्ता गरी सेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) गर्ने तयारी गरेको छ । जेठ २३ मा बिमा कम्पनीले साधारण सभा डाकेको छ । कम्पनीको सञ्‍चालक समितिले आइपिओ जारी गर्न विशेष प्रस्ताव गरेको हो ।

कम्पनीको प्रबन्धपत्रको दफा ४ (१) तथा नियमावलीको नियम २७, २९, ३१ र ३७ मा संशोधन गर्ने उल्लेख छ । कोभिड-१९ महामारीको जोखिमका कारण साधारणसभा भर्चुअल प्रविधिमार्फत सहभागी हुने गरी बैठक राख्ने कम्पनीले जानकारी दिएको छ ।



Author

थप समाचार
x