अर्थ / बाणिज्य

सेयर बजारमा अर्को कीर्तिमानी, ११ कम्पनीको सेयर भाउमा उछाल

इकागज |
जेठ ३, २०७८ सोमबार १५:२८ बजे

काठमाडौं : आइतबार कीर्तिमानी बन्दुमा पुगेको सेयर बजार सोमबार रेकर्ड तोडेको छ । २०.७१ अंकले बढेर नेप्से २७५९.२१ बिन्दुमा पुगेको हो । 

नेप्सेले नयाँ उचाइ बनाइरहँदा ११ कम्पनीको सेयर मुल्यमा उछाल आएको छ । रु रु जलविद्युत कम्पनीको सेयर मुल्य बढेर सर्किट ब्रेकर लागेको छ । ८८ रुपैयाँले बढेर रु रु प्रति कित्ता नौ सय ६८ रुपैयाँ कायम भएको छ । समता लघुवित्त, राधी जलविद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेशिभ फाइनान्स, गुराँस लघुवित्त, बरुण हाइड्रोपावर, पञ्‍चकन्या माइ हाइड्रोपावर, नेपाल फाइनान्स, रिदी हाइड्रोपावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मुल्यमा नौ प्रतिशतभन्दा बढी दरमा मुल्यवृद्धि भएको छ । 


होटल, डेभलपमेन्ट बैंक र म्यानुफ्याक्चरिङबाहेक सबै समूहका परिसूचकमा वृद्धि भएको छ । सबैभन्दा ठूलो वृद्धि जलविद्युत् समूहमा देखिएको छ । 

पुनर्बीमा कम्पनीको सेयर कारोबार उच्च छ । ६६ करोड रुपैयाँ बराबर पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । नेपाल टेलिकमको सेयर कारोबार ४२ करोड रुपैयाँ पुगेको छ । 

सोमबार नौ अर्ब ५७ करोड रुपैयाँ बराबर कुल सेयर कारोबार भएको छ । एक लाख एक हजार नौ सय १८ पटकको कारोबारमा एक करोड ९० लाख कित्ता सेयर किनबेच भएको छ । 


Author

थप समाचार
x