अर्थ / बाणिज्य

नेप्से र कारोबार दुवैमा रेकर्ड

११ कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर, २३ कम्पनी मूल्यमा उछाल

इकागज |
जेठ ४, २०७८ मंगलबार १५:४१ बजे

काठमाडौँ : सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुको नयाँ उचाइमा पुगेको छ । साताको सुरुवातबाट बढेको नेप्से बढ्ने क्रम रोकिएको छैन । ११ कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । २३ कम्पनीको सेयर मूल्यमा नौ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

घलेम्दी हाइड्रोपावर, समता लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, शिवश्री हाइड्रोपावर लिमिटेड, ओरियन्टल होटल, सोल्टी होटल, कालिका पावर कम्पनी, मिथिला कम्पनी र बेस्ट फाइनान्स कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ ।


नेपाल फाइनान्स लिमिटेड, तारागाउँ रिजेन्सी होटल, राधी जलविद्युत, नेपाल हाइड्रोपावर लिमिटेड, रु रु जलविद्युत कम्पनी, युनाइटेड इदी मार्दी, युनिभर्सल पावर कम्पनी, प्रोग्रेशिभ फाइनान्स, बुटवल पावर कम्पनी, सिनर्जी पावर डेभलेपमेन्ट, गुडविल फाइनान्स, रिदी हाइड्रोपावर र मल्टीप्रपोज फाइनान्सको सेयर मूल्य ९.८ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । बाँकी १० कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ ।

एक लाख १५ हजार नौ सय ६१ पटकको कारोबार दुई करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता सेयर किनबेच भएको छ । यो सँगै कुल सेयर कारोबार ११ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ । नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार अत्यधिक भएको छ । ६७ करोड ९२ लाख ९९ करोड रुपैयाँ बराबर पुनर्बीमा कम्पनीको सेयर कारोबार छ । 


Author

थप समाचार
x