अर्थ / बाणिज्य

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

इकागज |
जेठ ५, २०७८ बुधबार १५:३३ बजे

काठमाडौँ : लगातार रेकर्ड ब्रेक गर्दै उचाइ बढाइरहेको नेप्से परिसूचक बुधबार सामान्य अंकले घटेको छ । १३.०९ अंकले घटेर नेप्से २७८०.८१ बिन्दुमा पुगेको हो ।बैंकिङ, ट्रेडिङ, होटल, फाइनान्स र म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक कमजोर बने । यद्यपि पाँच कम्पनीको सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ ।

समता लघुवित्त, रु रु जलविद्युत्, गुर्खाज फाइनान्स, नेपाल फाइनान्स लिमिटेड र कर्णाली विकास बैंकको सेयर मूल्यमा नौ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

सुरुवाती कारोबारमा नेप्से २८०० अंकभन्दा माथि नाघेको थियो । नेप्सेमा सामान्य गिरावट आए पनि कारोबार रकम उच्च छ । ११ अर्ब ९५ करोड रुपैयाँ कारोबार रकम पुगेको छ । एक लाख ३२ हजार तीन सय ६९ पटकको कारोबारमा दुई करोड ५१ लाख २१ हजार कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार छ । ५५ करोड ६९ लाख रुपैयाँ कम्पनीको कारोबार रकम छ ।    



Author

थप समाचार
x