अर्थ / बाणिज्य

मंगलबार सामान्य घट्यो नेप्से, बीमा र हाइड्रोमा वृद्धि

इकागज |
जेठ ११, २०७८ मंगलबार १५:५७ बजे

काठमाडौँ : दिनादुन कीर्तिमानी अंक पछ्याउँदै गइरहेको नेप्से परिसूचक मंगलबार भने सामान्य अंकले घटेको छ । ६.५ अंकले घटेर नेप्से २८१६ दशमलव ५६ बिन्दुमा पुगेको हो ।

६ समूहका परिसूचकबाहेक सबै समूहका परिसूचक कमजोर छन् । बीमा क्षेत्रका कम्पनी र जलविद्युत् समूहका कम्पनीहरूमा उल्लेख्य वृद्धि भएको छ ।

बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, युनिभर्सल पावर कम्पनी र घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ ।

अरुण काबेली पावर र एसियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार उच्च छ । मंगलबार ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय आठ रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख १२ हजार एक सय ४८ पटकको कारोबारमा दुई करोड ३४ लाख ६५ हजार ६ सय ७५ कित्ता सेयर किनबेच भएको छ ।



Author

थप समाचार
x